कपिलवस्तुको बहादुरगंजमा तिन अस्पतालको सामाजिक परिक्षण


सनिउल्ला धोबी,
कपिलवस्तु-
कपिलवस्तुको बहादुरगंजमा एक समारोहको आयोजनामासामाजिक परिक्षण कार्यक्रम सम्पन्न भएको छ । नेत्र ज्योती संघ आँख स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगंज अन्तरगत सन्चलमा रहेको तिन वटा अस्पतालको सामाजिक परिक्षण सम्पन्न भएको हो ।
छन्द( कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंज, राप्ती आख्ााँ अस्पताल घोराही र लमही आँखा अस्पतालको समाजिक प्िरक्षण सम्पन्न भएको नेत्र ज्योती संघका कार्यवाहक सभापती रेशम बहादुर खड्काले जानकारी दिनुभयो । आँखा भएमात्र संसारको अनुभुती गर्न सकिने भएकाले आँखा स्वास्थ्यमा विशेष ध्यान दिनुपर्ने कार्यवाहक सभापती खड्काले बताउनुभयो ।
कार्यक्रममा प्रमुख अतिथि महाराजगंजको उपप्रमुख रिता कुमारी चौधरीले नेत्र ज्योती संघले कपिलवस्तुमा आँखा सम्बन्धी राम्रो काम गरेको भन्दै प्रशांस भयो ।
कपिलवस्तुका सबै स्थानिय तहमा छन्द( कालेबाबु) नारायणी आँखा अस्पताल बहादुरगंजले निशुःल्क रुपमा शिविर सन्चालन गरेर निस्वार्थ सेवा गरेको उपप्रमुख चौधरीले बताउनुभयो ।सामाजिक परिक्षण समारोहको सहजीकरण नेपाल पत्रकार महासंघ दाङको पुर्वा उपाध्यक्ष लिला शाहले गर्नु भएको थियो । सामाजिक परिक्षणमा युवा नेता रहिश शाहले अस्पताल व्यवस्थापनको विषयमा जिज्ञासा राख्नुभएको थियो ।
कपिलवस्तु जिल्लाको दश वटै पालिका गरिएको जांचवाट आँखाको विरामी संख्यामा वृद्धी देखिएको हो । कपिलवस्तुमा १० हजार ९ सय ९७ जना आँखाका विरामी देखीएको वहादुरगंजका प्रमुख प्रसाशक शमसेर थापाले जानकारी दिनुभयो ।
छन्दकाले बावु नारायणी आंखा अस्पताल वहादुरगंजका अस्पाताले स्थापनाकाल देखि अहिलेसम्म ९ लाख ३० हजार ६ सय २२ जनाको ओपीडी परीक्षण गरेको छ । १ लाख २३ हजार ७ सय ८ जनाको शल्यक्रिया भएको अस्पतालका प्रशासकीय अधिकृत जसराज विश्वकर्माले जानकारी दिनुभयो ।
कार्यक्रममा कृष्णनगर नगरपालिका वडा नं ९ का वडाअध्यक्ष सतिस कुमार निगम, वडा नं ८ का वडाअध्यक्ष नुर मोह्मद मुसलमान, कार्यपालिका सदस्य गौरी शंकर हरिजन, जग्गा दाता नारायणी शाह, लगायतले सामाजिक परिक्षणमा बोल्नुभएको थियो ।

धेरै पढिएको

ताजा समाचार