कपिलवस्तु –संजिव गहतराज नेपाल उत्पीडित जातीय मुक्ति समाजले स्थानिय तह निर्वाचन २०७९ मा जिल्ला भरीबाट निर्वाचित जनप्रतिनिधिहरूलाई सम्मान गरेकाे छ ।
३५ औ स्थापना दिवशकाे अवशरमा आयाेजित कार्यक्रमलाई सम्बाेधन गर्दै मुलुककाे राजनैतिक आन्दाेलनमा दलित समुदायले खेलेकाे भुमिकाका कारणले निर्वनचनमा दलित समुदायकाे अनिवार्य प्रतिनिधित्व एउटा उपलब्धि भएकाे नेपाल उतपीडित जातीय मुक्ति समाज स्थायि कमिटि सदस्य लुम्बनी प्रदेश सह ईन्चार्ज सि.बि गहतराजले उल्लेख गर्नुभयाे ।
नेकपा एमाले निकट नेपाल उत्पीडित जातीय मुक्ति समाजले कपिलवस्तु जिल्ला ६ वटा पालिकामा खुल्ला वडा सदस्य, खुल्ला महिला सदस्य, दलित महिला सदस्य, कार्यपालिका सदस्य र जिल्ला समन्वय समिति सदस्यमा निर्वाचित जनप्रतिनिधहरूलाई सम्मान गरेकाे हाे ।
कपिलवस्तु जिल्लामा १५९ जना मध्येमा ४० जना दलित समुदायबाट निर्वाचित भएका छन । कार्यक्रम नेपाल उत्पीडित जातीय मुक्ति समाज जिल्ला अध्यक्ष राम प्रघट काेरीकाे अध्यक्षता र सचिव पदम सुनारकाे संचालनमा सम्पन्न भएकाे हाे ।