व्यापार संघ ( चेम्बर अफ कमर्स ) कपिलवस्तुले यहि मिति २०७९ साल पौष ७ गतेदेखि २१ गतेसम्म “कृषि पर्यटन,उद्योग र ब्यापार ब्यवसायिक दिगोपना हाम्रो मुख्य आधार” भन्ने मुल नाराका साथ कपिलवस्तु को चन्द्रौटामा शुरु भएको सातौं चन्द्रौटा कृषि पर्यटन तथा औद्योगिक ब्यापार महोत्सव २०७९ मा सूचना,शिक्षा ,सन्चार सामग्री प्रदर्शनी तथा निशुल्क आँखा जाँच शुरु गरिएको छ ।
नेपाल नेत्रज्योति संघ,आँखा स्वास्थ्य कार्यक्रम राप्ती तथा बहादुरगन्ज अन्तर्गत संचालित छन्द( कालेबाबु) नारायणी आँखा अस्पतालले भात बहादुर साग बहादुर,जलबिन्दुका लक्षण,आँखामा औसधि लाउने तरिका,मोतिबिन्दु आदिको बारेमा लेखिएका सुचनामुलक पोस्टरहरुको प्रदर्शनी र अस्पतालबाट प्रबाह हुने सेवाहरुको बारेमा लेखिएका पम्प्लेट सेवाग्राहीलाई महोत्सवमा बितरण गरेको छ ।
साथै महोत्सवमा आएका आँखा जाँच गराउन इच्छुक सेवाग्राहीहरुलाइ निशुल्क आँखा जाछ र परामर्श दिइएको अस्पतालका प्रशासकीय अधिकृत जसराज बिश्वकर्मा जानकारी दिनु भयो । सो क्रममा भेटिएका मोतिबिन्दुका बिरामिहरुलाइ दातृ निकायको सहयोगमा अस्पतालमा निशुल्क अप्रेसन गरिने समेत उहाँले जानकारी दिनु भयो । महोत्सवको पहिलो दिन नेत्र सहायक सरिता परियार र ल्याब टेक्निसियन देबराज शर्माले सेवा दिनु भएको थियो ।आँखा स्वास्थ्य सचेतिकरणका लागि महोत्सव अवधीभर आयोजकले निशुल्क स्टलको ब्यवस्था गरिदिएको छ ।