कपिलवस्तु-
नेपाल मुस्लिम आयोगका माननीय सदस्य मिर्जा अर्सद बेगले मुस्लिम समुदायको विकासका लागि सरकारले विशेष बजेट ल्याउनु पर्न बताउनु भएको छ ।
नेपाल मुस्लिम आयोजनाले कपिलवस्तु चन्द्रौटामा आयोजना गरेको पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सदस्य मिर्जाले मुस्लिम समुदायको आर्थिक अवस्था उकास्नका लागि सरकारले विशेष बजेट ल्याई सम्बोधन गर्नु पर्ने बताउनु भयो ।
नेपालको मुस्लिम समुदायको वर्तमान अवस्था तथा भावी योजना निर्माणका लागि आयोग तत्पर रहेको आयोगका सदस्य मिर्जाले पत्रकार सम्मेलनमा बताउनु भयो ।
मुस्लिम आयोगले अहिलेसम्म नेपालभर मुस्लिम समुदायको हकअधिकारको बारेमा नीतिनिर्माण गर्ने गरेको मुस्लिम आयोगका सदस्य मिर्जा अर्सद बेगले बताउनु भयो ।
मुस्लिम आयोगले देशैभर मदरसा, कबरस्तान र मस्जिदको तथ्यांक संकलन गरेको आयोगका सदस्य मिर्जा अर्सद बेगले जानकारी दिनु भयो ।
पत्रकार सम्मेलनमा कपिलवस्तुका सक्रिय पत्रकारहरुको सहभागिता रहेको थियो ।