दिपक खड्का/कपिलवस्तु,-
शिवराज नगरपालिकाले संचालन गरेको दुईदिने क्षमता अभिवृद्धि तालिम पश्चात शिवराज नगरपालिकाले प्रदान गर्दे आएको सेवालाई प्रवाह प्रभावकारी बनाउनाका लागि शिवराज नगरपालिकाले २५ बुद्धे प्रतिबद्धा पत्र जारी गरिएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए ।
शिवराज नगरपालिकाले जनप्रतिनिधि र कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि २ दिने तालिम संचालन गरिएको हो । तालिममा जनप्रतिनिधिहरुलाई वडा अध्यक्ष र वडा सदस्यहरुको काम कर्तव्य अधिकार र वडा अध्यक्षलाई कानुनले दिएको ३६ वटा सिफारिस बारे जानकारी दिएको थियो ।
सामजिक सुरक्षा तथा पञ्जीकरण उप-शाखा अन्तर्गत कस्ता कस्ता विषयको घटना दर्ता कसरी गर्ने बारे समेत छलफल गरिएको प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले जानकारी दिए । तालिमको समापन्न सत्रमा शिवराज नगरपालिकाका मेयर अजय थापाले शिवराज नगरपालिकालाई हरेका कार्यमा अगाडी बढाउदै स्माट नगर बनाउने बताए । थापाले यहि शैक्षिक सत्र देखि माध्यमिक तहलाई शिवराज नगरपालिकाले निशुल्क गर्ने गरि काम अगाडी बढाएको समेत कार्यक्रममा जानकरी दिए ।
शिवराज नगरपालिकाले वडा न.३ मा पृथ्वी नारायण शाहको शालिक निर्माणको काम संगै धान- खोला देखि शिवपुरमा रहेको नेपाल आदर्श मा.वि र सरस्वती नि मा वि र बन्कसबासाका विद्धाथीहरुलाई विद्यालय आउना सक्ने वातावरण बनाउनाका लागि बालबालिकाहरुलाई यातायात्तका लागि इन्धन दिने निर्णय गरेको बताए ।
जेष्ठ नागरिकर र अपाङ्गता भएका व्यक्तिहरुलाई बैङ्किङ्ग शिविर मार्फत सामाजिक सुरक्षा भत्ता माघ महिना देखि वडा स्तरीय वाट वितरण गरिने गरि चन्द्रौटामा रहेका बैङ्कहरु संग छलफल गरि काम अगाडी बढेएको बताए ।
मेयर थापाले तालिम पछि जारी गरिएको २५ बुद्धे प्रतिबद्धता पत्र पुर्णरुपमा कार्यन्वयन गरिने र पालिकलाई नमुनाको रुपमा अरु पालिकाका लागि रोल मोडल बनाउने बताए ।
थापाले चुनाब अगाडी हामी जुन पार्टीको सदस्य भएपनि अब हामी नगरबासीको हितका लागि एकजुट हुन आग्रह गरे यस तालिमले सबैलाई कामकागका लागि सहज वातावरण बन्ने विषयमा आफुपुर्ण विश्वस्त रेको बताए ।
कार्यक्रममा शिव कुमारी थारुले सबै जन भावना अनुसार काम गर्नु पर्ने बताइन् । थारुले नगरपालिकाले धैरे कानुन बनाइ सकेको र केहि कानुनहरु बनाउने चरणमा रहेको बताइन् ।
कार्यक्रममा बोल्दै शिवराज नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत राकेश पाण्डेले स्थानिय सरकारले सु-शासन,विकाश सुशासन र स्थानिय सरकारको मौलिक अधिकार भएकोले तत्काल कार्यपालिकाको बैठकले निर्णय गरि काम गर्न सक्ने र स्थानिय सरकारमा प्रतिनिधि सभा र प्रदेश सभा जस्तो पक्ष र विपक्षको परिकल्पना नगरिएको बताए । क्षमता अभिवृद्धि तालिमको सहजीकरण संविधान विद्ध काशीराज दहालले गरेका थिए भने कार्यक्रमको संचालन प्रेम सागर ओलीले गरेका थिए ।