महालक्ष्मी लाईफद्वारा महिला सशक्तिकरणमा तालिम


महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले “महिला सशक्तिकरणमा-महालक्ष्मी लाईफ” तालिम सम्पन्न गरेको छ । शनिबार कपिलवस्तुको चन्द्रौटामा आयोजना गरिएको तालिममा सहभागीहरुले बिगतमा युवासगको कार्यक्रम सफल भएको दावी गरेका छन ।
तालिमक्ल उदघाटन मन्तव्य दिदै कम्पनीका बुटवल साखा प्रमुख गणेश भुसालले आफ्नो संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत महिला सशक्तिकरणको लागि कार्यक्रम संचालन गरेक बताउनु भयो । समाजमा पिछडिएका तथा आर्थिक रुपमा कमजोर रहेका महिलाको उत्थान नभई समाज र देशको उन्नति पनि नहुने भएकोले उनीहरुलाई अगाडी बढाउने यस्ता कार्यक्रम फलदायी हुने विश्वास व्यक्त गर्नु भयो ।
महिलाहरुलाई तालिम दिई रोजगारी मार्फत आय आर्जनको बाटोमा अग्रसर गराउन यो कार्यक्रम उपयोगी र फलदायी हुने जानकारी दिनु भयो ।
तालिममा जस्मिन मनि ट्रान्सफरका प्रमुख आरएन खानले तालिम फलदायी हुने र सिकेको कुरालाई व्यवहारमा उतारी आत्मनिर्भर हुनु पर्ने बताउनुभयो ।

धेरै पढिएको

ताजा समाचार