लुम्विनी प्रदेशका व्यवसायीहरुद्धारा चरणवद्ध आन्दोलनको घोषणा


कपिलवस्तु-लुम्विनी प्रदेशभरका उधोगी व्यवसायीको भेलाले चरणवद्ध आन्दोलनको घोषणा गरेको छ । वैंकको चर्को व्याजदर विरुद्ध विहिवार दाङको घोराहीमा भएको उधोगीहरुको वृहत भेलाले विभिन्न मागहरु राख्दै आन्दोलनका कार्यक्रम सार्वजनीक गरेको हो ।
प्रदेशभर उधोग वाणिज्य संघका पदाधिकारीहरुको छलफल पछि आन्दोलनको कार्यक्रम सार्वजनीक गरिएको चन्द्रौटा उधोग वाणिज्य संघका अध्यक्ष ईश्वरी पाण्डेले वताउनुभयो ।
पौष १५ गते देखि २१ गते सम्म लुम्विनी प्रदेशभरका उधोग वाणिज्य संघको कार्यालय परिसरमा हस्ताक्षर अभियान संचालन गर्ने , पौष १७ गते सवै साखाले प्रर्दशन गर्ने,पौष १८ गते वैंक साखा प्रवन्धक , विषयगत समीती र जनप्रतिनिधि संग अन्तरक्रिया कार्यक्रम गर्ने , पौष १९ गते जिल्ला स्थीत राष्ट वैंक र जिल्ला प्रसासन कार्यालय घेराऊ गर्ने पौष २१ गते अन्य प्रदेशसंग सहकार्य गरी काठमाण्डौ केन्द्रीत आन्दोलनको लागी तयारी गर्ने र पौष २२ गते देखि माग पुरा नभएसम्म काठमाण्डौ केन्द्रीत आन्दोलन गर्ने घोषणा गरेको छ ।
वैंकले गरेको चर्को व्याजदर र नेपाल राष्ट वैंकद्धारा चालु पुंजी कर्जा मार्गदर्शन २०७९ उत्पन्न वितिय समस्या समाधानको माग गर्दै उधोग वाणिज्य संघ आन्दोलीत भएको हो ।

धेरै पढिएको

ताजा समाचार