चन्द्रौटामा केक स्टेशन संचालन:पाँच किन्दा एक फ्री

कपिलवस्तुकाे शिवराज नगरपालिका -५ चन्द्राैटामा ‘द केक स्टेशन’ सञ्चालनमा आएकाे छ । शनिबार द केक स्टेशनलाई उद्घाटन गरि औपचारिक रुपमा सञ्चालनमा ल्याइएको छ । लुम्बिनी प्रदेश सभा सदस्य अर्जुन कुमार केसीले द केके स्टेशनकाे उद्घाटन गरि शुभारम्भ गर्नु भएको हाे ।

कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद केसीले व्यापार, व्यवसायमा दीर्घकालीन साेच बनाएर लगानी गर्न आवश्यक रहेकाे बताउनु भएको छ । उहाँले छाेटाे समयमै लगानी अनुसार मुनाफा हुन नसक्ने अवस्था पनि हुँदा निरन्तर प्रयासमा लाग्नुपर्ने बताउनुभयाे ।व्यापारमा उतारचढाव आउँदा चिन्तित नभई व्यापार, व्यवसायलाई कसरी अगाडी बढाउने ? भन्ने दृढ याेजनाका साथ लाग्नु पर्नेमा सांसद केसीले जाेड दिनुभयाे ।

 

उहाँले आफ्नै गाउँठाउमा हामीसँग भएकाे सीप, क्षमतालाई प्रयाेग गरि लगानी गर्न सके विदेश जाने बाध्यता हट्ने बताउनुभयो । यस्तै व्यापारहरुले यहाँका युवालाई राेजगारकाे सिर्जनासमेत गर्दै जाने उहाँकाे भनाइ छ ।

 

विजयनगर गाउँपालिकाका निवासी क्रियाशील युवा सुदीप चापागाईंले लामाे समयदेखि सामाजिक क्षेत्रमा कार्यमा सक्रिय हुँदै आउनु भएको छ । सञ्चालक सुदिप चापागाईंले यस क्षेत्रमै सेवा, सुविधा दिने गरि ‘द केक स्टेशन’ सहित बेकरी सञ्चालनमा ल्याएकाे बताउनुभयो ।

 

उहाँले आफ्नो व्यवसायबाट आर्जित नाफाको २ प्रतिशत सामाजिक उत्तरदायित्वमा खर्च गर्ने बताउनुभयो । यस्तै उहाँले एक वर्षमा ५ ओेटा केक किन्दा १ ओेटा केक फ्रिमा दिने बताउनुभयो । जन्मदिन, वर्षगाँठ, वार्षिकोत्सव मनाउनका लागि व्यवस्थित सुविधा युक्त हलकाे व्यवस्थासमेत रहेकाे उहाँले जानकारी दिनुभयो ।

 

‘द केक स्टेशन’ ले विशेष समारोहमा चाहिने विभिन्न परिकारका स्वादिष्ट केकहरु पिजा , बर्गर , जुस ,मम, चकलेटकाे साथै गिफ्ट आइटमहरु पनि सुपथ मुल्यमा उपलब्ध भएको सञ्चालक चापागाईंले जानकारी दिनुभयो ।

धेरै पढिएको

ताजा समाचार