कपिलवस्तु-शिवराज नगरपालिकाले आर्थिक भार थुपारेको भन्दै व्यापार संघ कपिलवस्तुले ज्ञापन पत्र बुझाएको छ ।शिवराज नगरपालिकाले चालू आर्थिक २०८०÷०८१ मा व्यावसायिक कर, घर बहाल कर, सिफारिस दस्तुर कर लगायतका राजस्व दस्तुर वृद्धि गरेकोले व्यापार संघका अध्यक्ष महादेव पोखरेलले नगर प्रमुख अजय थापालाई ज्ञापन पत्र बुझाउनु भएको हो ।
नगरले आर्थिक भार थोपरिएकोले राजस्व जस्तो गम्भीर विषयमा स्थानीय संघ संस्था, उद्योग व्यवसायी, व्यापारीहरु संग अन्तरक्रिया गरी राजश्वमा सुधार गर्नका लागि ज्ञापन पत्र बुझाइएको व्यापार संघका केन्द्रिय सदस्य तथा ब्यापार संघ कपिलवस्तुुका अध्यक्ष महादेव पोखरेलले बताउनुभयो ।
शिवराज नगरपालिका नगर प्रमुख अजय थापाले करको विषयमा यहाका व्यापारी उद्योगीहरुसगँ व्यापक छलफल गरी अघी बढने आसवासन दिनुभयो । करले नगरको विकासमा प्रत्यक्ष सरोकार राख्नेभएकाले यस विषयमा सबैलाई समेटेर जाने बताउनुभयो ।
यस्तो आर्थिक मन्दिको अवस्थामा स्थानिय सरकारले व्यवसायिक कर, घर बहाल कर, सिफारिस दस्तुर कर लगाएतका राजश्व दस्तुरहरु बृद्धि गरि व्यापारी तथा नागरिकहरुलाई आर्थिक भार थोपरेको हुँदा चेम्बर अफ कर्मस कपिलवस्तुको विषेश ध्यानाकर्षण भएको छ ज्ञापन पत्रमा उल्लेख छ ।
स्थानिय स्तरमा स्थानिय श्रोतहरुको खोजी र परिचालन गरि उचित परिचालन गर्नुपर्ने बेलामा व्यापारि तथा नागरिकहरुमा जर्वजस्ती आर्थिक भार थप्ने कार्यले व्यवसायी तथा नागरिकहरु मर्कामा परेका भन्दै राजश्व जस्तो गंभिर विषयमा स्थानिय संघसंस्था, उद्योगी व्यापारि सम्बन्धित सरोकारवालाहरु विच अन्तर्कृया गरि यसको निष्कर्ष निकाल्न समेत ज्ञापन पत्रमा उल्लेख गरेको छ ।