विश्व पर्यटन दिवसको अवसरमा कपिलवस्तुको सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट सम्मानित


कपिलवस्तु-४४ औं विश्व पर्यटन दिवसको अवसरमा सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट सम्मानित भएको छ । विश्व पर्यटन दिवसको अवसरमा कपिलवस्तुको शिवराज नगरपालिका वडा नं. २ बालापुरमा रहेको सिद्धार्थ लुम्बिनी ग्रिन रिसोर्ट संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट सम्ममानित भएको हो ।

पर्यटन बोर्डमा आयोजित कार्यक्रममा नेपाल सरकार सस्ंकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका मन्त्री सुदन किरातीले ग्रामीण क्षेत्रमा डिलक्स रिसोर्ट संचालन गरी स्थानिय उत्पादन र रोजगारी एवम एग्रो टुरीजम मार्फत पर्यटन प्रवद्र्धनमा योगदान पुराएको भन्दै रिर्सोटलाई सम्मान स्वरूप सम्मान प्रदान गर्नु भएको हो ।

रिसोर्ट सञ्चालक अध्यक्ष लक्ष्मण भण्डारीले सिोर्टले स्थापना काल देखि नै स्थानिय उत्पादन लाई प्राथमिकतामा राखेर छोटो अवधिमा पर्यटकीय स्थानको रूपमा नेपाल भित्र र बाहिर चिनाउने काममा सानो ढुंगा थप्न सफल भएको बताउँदै उहाँले अबका दिनमा विभिन्न पर्यटकीय परियोजनाका साथ यसलाई अझै विश्वस्तरीय पर्यटकीय गन्तव्यको रूपमा विकास गर्दै लैजानुपर्नेमा सबैको साथको अपेक्षा रहेको बताउनु भयो ।

कोभिड–१९ को लहरका कारण अति प्रभावित पछि केहि लयमा आएका होटल ब्यवसायिहरुका निम्ती राज्यले दिएको सम्मानले अत्यन्तैै खुसी र गौरवान्वित भएको रिसोर्ट सञ्चालक अध्यक्ष भण्डारीले बताउनु भयो ।

त्यस्तै सिसोर्ट संचालक एवम ब्यापार संघका केन्द्रिय सदस्य महादेव पोख्रेलले आफ्नै गाउँठाउँमा विविध जटिलता र जोखिमका बाबजुद स्थानीय उत्पादन र स्थानीय रोजगारीसहितको ग्रामीण पर्यटन प्रवद्र्धनमा निरन्तर लागेको हुनाले राज्यले सम्मान गरेको उहाँले बताउनु भयो ।

चन्द्रौटा देखि झन्डै तीन किलोमिटरको दूरीमा रहेको लुम्बिनी ग्रिन रिसोर्ट सञ्चालनमा आएपछि पछिल्लो समय घुम्न जाने तथा खानपिन गर्ने ग्राहकहरूको घुइँचो लाग्ने गरेको छ ।

धेरै पढिएको

ताजा समाचार