दोस्रो राइजिङ्ग कप क्रिकेट प्रतियोगिता सुरु


कपिलवस्तु –
“राष्ट्रका लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद“ भन्ने नारा सहित राइजिङ्ग स्टार युथ क्लब शिवराज ५ चन्द्रौटाको आयोजनामा दोस्रो राइजिङ्ग कप क्रिकेट प्रतियोगिता २०८० सुरु भएको छ ।

आज शिवराज नगरपालिका वडा नं ५ का वडा अध्यक्ष नेत्र बेल्वासे र नेपाली काग्रेस जिल्ला उप सभापति हुमकान्त खनालले बलिगं र ब्याटिगं गरेर खेलको उद्घाटन गर्नुभएको हो । कार्यक्रममा वडा अध्यक्ष बेल्वासेले खेलले मानिसलाइ स्वस्थ र अनुसासनमा रहन सिकाउने बताउदै क्रिकेट प्रतियोगितालाइ अनुसासित र सभ्य रुपमा सम्पन्न गर्न शुभकामना दिनुभयो । खेलको माध्यमबाट समाज र देशलाइ विश्वसामु चिनाउन सकिने हुदा लगनशिल भएर खेल खेल्न आग्रह गर्नुभयो ।

यस्तै काग्रेस जिल्ला उप सभापति खनालले बदलिँदो समय संगै धेरैले खानपिन र स्वास्थ्य प्रति गम्भीर नबन्दा उमेरमै विभिन्न किसिमका रोगहरु देखिन थालेको भन्दै खेलले स्वस्थ जनशक्ति उत्पादनमा टेवा पुग्ने बताउनुभयो । दैनिक शारीरिक अभ्यास र खेलकुदले दक्ष जनशक्ति उत्पादन र युवाहरूलाई गलत बाटो तर्फ लाग्न समेत रोक्ने खनालको भनाइ छ ।

दोस्रो राइजिङ्ग कप क्रिकेट प्रतियोगितामा १२ टिम दर्ता भएको आयोजकले जनाएको छ ।

 

धेरै पढिएको

ताजा समाचार