
कपिलवस्तु – रोटरी क्लब अफ कपिलवस्तुको आयोजनामा यही असोज २२ गते बृहत रक्तदान कार्यक्रम र विजया दशमी २०८१ को शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न हुने भएको छ । यो कार्यक्रम कपिलवस्तुको शिवराज नगरपालिका–५ स्थित सजिवनी सामुदायिक अस्पतालमा आयोजना हुनेछ ।
रोटरी क्लब अफ कपिलवस्तुका अध्यक्ष बाल कृष्ण पाण्डेयले चाडपर्वको समयमा रगतको अभाव नहोस् भन्ने उद्देश्यले यस कार्यक्रम आयोजना गरिएको जानकारी दिनु भयो । उहाँले भन्नुभयो, “समाजमा सहयोगको भावनालाई प्रवर्द्धन गर्नका लागि रक्तदान कार्यक्रम आयोजना गर्न लागेका हौं ।”
यस कार्यक्रममा रोटर्याक्ट क्लब अफ कपिलवस्तु र इन्टर्याक्ट क्लब अफ शिवगढीको सहआयोजनामा हुनेछ भने रक्तसञ्चार केन्द्र, बुटवलले प्राविधिक सहयोग प्रदान गर्नेछ ।
अध्यक्ष पाण्डेयले कपिलवस्तुका स्थानीय बासिन्दाहरूलाई रक्तदानमा सहभागी हुन र शुभकामना आदानप्रदान कार्यक्रममा उपस्थित भएर समाज सेवामा योगदान दिन आग्रह गर्नुभएको छ ।