तीन दिने पशुपालन तालिम सम्पन्न


कार्तिक १० – हिमपात सानाकिसान कृषि सहकारीको आयोजनामा तीन दिने पशुपालन तालिम सम्पन्न भएको छ। नेदरल्यान्ड्सका प्रशिक्षक ब्लाइडको सहजीकरणमा सम्पन्न तालिममा पशुपालनलाई व्यवसायिक बनाउने विधि, समस्या, चुनौतीहरू र यस क्षेत्रमा रहेका अवसरहरूको विषयमा विस्तृत जानकारी गराइएको थियो।

सहभागीहरूले नेपालमा पशुपालन व्यवस्थित रूपमा सञ्चालन गर्न सामान्य कारणहरूले कठिनाइ भोग्नुपरेको बताएका थिए। तालिमको क्रममा प्रशिक्षक र सहभागीहरूले प्रत्यक्ष रूपमा गोठहरूमा निरीक्षण गरेका थिए । जसले व्यावहारिक ज्ञान आदानप्रदान गर्न मद्दत पुर्‍याएको थियो।

तालिमको समापन गर्दै सहकारीका उपाध्यक्ष नारायण आचार्यले आधुनिक पशुपालन प्रविधिहरूको ज्ञानले किसानहरूको दक्षता र उत्पादन क्षमतामा सुधार ल्याउन सघाउ पुर्‍याउने अपेक्षा व्यक्त गरे। यो तालिम किसानहरूको व्यावसायिकता र दक्षता अभिवृद्धिमा टेवा पुर्‍याउने विश्वास व्यक्त गरे। तालिमले किसानहरूलाई पशुपालनलाई व्यवसायिक बनाउन र यस क्षेत्रलाई थप उन्नत बनाउन प्रेरित गर्ने उनले बताए।

३७ जना सहभागी रहेको कार्यक्रमको सञ्चालन शिशिर लामिछानेले गरेका थिए।

 

धेरै पढिएको

ताजा समाचार