
कपिलवस्तु -कपिलवस्तुको शिवराज नगरपालिकामा दुई दिने पाेषण समिक्षा कार्यक्रम सुरु भएको छ ।कार्यक्रम लाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत बाबुराम पौडेलले बालबालिका, गर्भवती महिला र सुत्केरीहरूको स्वास्थ्य सुधारका लागि पोषण सम्बन्धि ज्ञान हुनु पर्ने बताउनु भयो ।
पोषण समुदायको संलग्नता र जनचेतनासँग जोडिएको विषय भएकाले विशेष ध्यान दिनुपर्ने आवश्यकता बताउनु भयो ।
वडा अध्यक्ष नेत्र बेल्बासेले पोषण कार्यक्रमको प्रभावकारी कार्यान्वयनका लागि प्रतिबद्ध रहेको बताउनु भयो ।
कार्यक्रममा स्वास्थ शाखा प्रमुख चुरामणि भट्टराईले पोषण कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि पालिकाले गरेका कार्यक्रमलाई समुदायसम्म पुर्याउनुपर्नेमा जोड बताउनु भयो ।
कार्यक्रममा लेखा संयोजक रामचन्द्र मरासिनीले आफ्ना विचार राख्दै पोषण कार्यक्रमलाई प्रभावकारी बनाउन बालबालिका, गर्भवती महिला, र सुत्केरीहरूको स्वास्थ्य सुधारमा जोड दिनु पर्ने बताउनु भयो।
कार्यक्रममा जनस्वास्थ्य निरीक्षक हनुमान प्रसाद कोहारले आगामी योजना प्रस्तुत गर्दै पोषण कार्यक्रमलाई अझ प्रभावकारी बनाउनका लागि विभिन्न रणनीति प्रस्तुत गर्नुभएको थियो ।
भोलि (सोमबार ) सम्म संचालन हुने समीक्षा कार्यक्रममा सहभागीले पोषण सुधारका लागि स्थानीय स्तरमा भएका प्रयास, चुनौतीहरू, र उपलब्धिहरूको बारेमा छलफल गरेका थिए। पोषण कार्यक्रमलाई समुदायमा अझै व्यापक बनाउन र यसको प्रभावकारिता बढाउनका लागि विशेष पहल गर्नुपर्ने बताएका थिए ।