भालुबाङ, १७ फागुन ।
प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको अध्यक्षमा पुनः शोभाकर पन्थी निर्विरोध निर्वाचित हुनुभएका छ । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेशको शनिबार राप्ती उपत्यका देउखुरीमा भएको दोस्रो अधिवेशनले पुन ः शोभाकर पन्थीको अध्यक्षतामा ३३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
जसको उपाध्यक्षमा दशरथ घिमिरे, महासचिवमा हरि अधिकारी, सचिवमा कृष्ण पोख्रेल, बेणीमाधव बस्याल, माधव कंडेल, जनक चौधरी, दिपक न्यौपाने, निता चौधरी र कोषाध्यक्षमा बिनोद भट्टराई निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै नवनिर्वाचित सदस्यहरूमा नवराज शर्मा, बासुदेव न्यौपाने, शान्ता खनाल, रामबहादुर गन्धर्व, अजय बर्मा, यमकुमारी सुवेदी, नबराज ज्ञवाली, मनिस पन्थ, अजम्द खलि सिद्धिकी, जयपति ढकाल, ज्ञानेन्द्र पोख्रेल, लोकप्रसाद छन्त्याल चयन हुनुभएका छ ।
त्यस्तैगरी सदस्यहरुमा स्नेहा केसी, अराज बेल्बासे, कमल बिष्ट, माधव बेल्बासे, गिताराम बिष्ट, कुशल बस्याल, मरोज सल्मानी, ओरीराम चौरासिया, प्रमोद अर्याल, कृष्णराज पाण्डे, मित्र थापा, मोहन पौडेल, रबिन्द्र गुप्ता, सुमित्रा बराल र शशी पन्थी रहेका छन् ।
चौतारीको लुम्बिनी अध्यक्षमा पुनः पन्थी, ३३ सदस्यीय लुम्बिनी प्रदेश कमिटी निर्विरोध निर्वाचित

© 2025 Today Patra | टुडे पत्र' मा सार्बधिक सुरक्षित छ | Privacy Policy
Powered by: ProTech