असार २४ गते । कपिलवस्तु
धान उत्पादनमा वैज्ञानिक अभ्यास र आधुनिक प्रविधिको प्रयोगलाई प्रोत्साहन गर्ने उद्देश्यले कपिलवस्तुको वडा नम्बर ३ र ५ मा अवस्थित रहतावल सामुदायिक वनले शिवराज नगरपालिकाको कृषि विकास शाखाको प्राविधिक सहयोगमा कृषकलाई लक्षित गरी तीन दिने गरिएको छ । हिजों शिवराज नगरपालिका–३, मदवा र आज शिवराज ५रहटकोलका कृषकलाई तालिम दिएको हो । तालिमको आज दोस्रो दिन दक्षिण रहटकोलका कृषकलाई सामुदायिक भवनमा प्रशिक्षण दिइएको हो ।

समूहका अध्यक्ष यज्ञ बेल्बासेले कृषकको जीवनस्तर उकास्न यस्ता तालिम अत्यन्तै प्रभावकारी हुने विश्वास व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावशाली कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँका अनुसार तीन दिनसम्म सञ्चालन हुने तालिममा करिब एक सय जना कृषकको सहभागिता रहने जानकारी दिनु भयो । फरक फरक ठाँउमा फरक फरक कृषक तालिममा सहभागी हुने बताउनु भयो ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहनु भएका शिवराज नगरपालिका वडा नं. ५ का अध्यक्ष नेत्र बेल्बासेले कृषिमा यस्ता तालिमले दीर्घकालीन लाभ पु¥याउने उल्लेख गर्दै कृषकहरूलाई अभ्यासमा ल्याउन पालिकाले थप कार्यक्रम अघि बढाउने बताउनुभयो ।
डिभिजन वन अधिकृत पहलमान शेरबुजा मगरले वैज्ञानिक कृषि अभ्यासमा माटो परीक्षण, मलको सन्तुलन, पानीको स्रोत व्यवस्थापन लगायत विषयमा जानकारी दिनुभयो। वनको संरक्षण बिना दिगो कृषि सम्भव नहुने बताउनु भयो ।
साथै, सामुदायिक वन उपभोक्ता समूहले समाज रूपान्तरणमा खेलेको भूमिकाको प्रशंसा गर्दै उहाँले स्थानीय कृषकलाई आत्मनिर्भर बनाउन यस्ता कार्यक्रमले सहयोग गर्ने धारणा व्यक्त गर्नुभयो। रहटावल सामुदायिक वन समूहले यसअघि पनि रक्तदान, स्वास्थ्य शिविरजस्ता सामाजिक कार्यक्रम सञ्चालन गरिसकेको छ । तालिम आयोजक समूहले यस्ता कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता जनाएको छ









