राष्ट्रिय माध्यामिक विद्यालयद्धारा एस इ इ उत्रिण विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न ।।


असार १६ गते । कपिलवस्तु

श्री राष्ट्रिय माध्यमिक विद्यालय चन्द्रौटाबाट एस इ इ परीक्षा २०८१ मा उत्रिण भएका विद्यार्थीहरूलाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ । विद्यार्थीहरुको आत्म विश्वास अझ बलियो होस र आगामी दिनमा अझै सफलता मिलोस् भन्दै यो कार्यक्रम आयोजना गरेको विद्यालयका प्रधानाध्यापक प्रकाश अधिकारीले बताउनु भयो । कार्यक्रमका प्रमुख अथिति विद्यालय व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष हुमाकान्त खनालले अहिलेको यो नतिजा आउनुमा पूर्व प्रधानाध्यापक  र सम्पूर्ण शिक्षक अनि विद्यार्थी भाइबहिनीको मेहनत रहेको र आगामी दिनमा अझ मेहनत गरी प्रदेश को उत्किस्ट विद्यालय बनाउन सफल हुन सकिने यसका लागि शिक्षक विद्यार्थी अभिभावक अनि विद्यालय ब्यबस्थापन समिति एक भएर लाग्नु पर्ने बताउनु भयो । यसमा कार्य गर्नका लागि आफू सदैब साथमा रहेको पनि खनालले बताउनुभयो ।

कार्यक्रम बिधालय ब्यवस्थापन समितिका अध्यक्ष  जगत प्रसाद  पौडेलको अध्यक्षता  निवर्तमान  विधालय ब्यवस्थापन समिति अध्यक्ष हुमाकान्त खनालको प्रमुख आतथ्यतामा सम्पन्न कार्यक्रम बिधालय ब्यबस्थापनका पदाधिकारी विभिन्न सध संस्थाका प्रमुख तथा प्रतनिधिहरु शिक्षक विद्यार्थी अभिभावक लगायतको उपस्थितिमा सम्पन्न भएको कार्यक्रमको सञ्चालन विद्यालयका शिक्षक देवीराम पाण्डेले गर्नु भएको थियो ।

धेरै पढिएको

ताजा समाचार