कपिलवस्तु । प्रेस चौतारी नेपाल कपिलवस्तुकी साधारण सदस्य तथा शिवराज नगर अध्यक्ष गीता पौडेल, नेकपा एमाले जिल्ला कमिटी सदस्य जगत पौडेल तथा सुभेच्छुक टेकराज पौडेल र ज्योति पौडेलकी ममतामयी माता स्वर्गीय सुमित्रादेवी पौडेलको असामयिक निधनप्रति श्रद्धाञ्जली व्यक्त गरिएको छ ।
यही वैशाख १८ गते निधन भएकी स्वर्गीय पौडेलको स्मृतिमा शिवराज नगरपालिका–५, चन्द्रौटामा श्रद्धाञ्जली सभा आयोजना गरिएको हो । कार्यक्रममा प्रेस चौतारीका पदाधिकारी, पत्रकार, राजनीतिक व्यक्तित्व तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो ।
प्रेस चौतारी नेपाल कपिलवस्तुका जिल्ला अध्यक्ष बाबुराम रायमाझीको नेतृत्वमा सम्पन्न कार्यक्रममा सहभागीहरूले दिवंगत आत्माप्रति श्रद्धासुमन अर्पण गर्दै चिरशान्तिको कामना गरेका थिए ।
कार्यक्रममा वक्ताहरूले स्वर्गीय सुमित्रादेवी पौडेलको सरल, ममतामयी र सहयोगी व्यक्तित्वको चर्चा गर्दै उहाँले परिवार तथा समाजमा पुर्याएको योगदानको स्मरण गरेका थिए । साथै शोकसन्तप्त परिवारजनप्रति गहिरो समवेदना व्यक्त गरिएको थियो ।











