महिला उद्यमशीलता प्रवर्द्धनका लागि अनुदान सहयोग वितरण सम्पन्न

चन्द्रैटा, कपिलवस्तु ।

शिवराज नगरपालिका वडा नं. ११, नयाँबस्तीमा एक कार्यक्रमका विच अनुदान सहयोगको लागि चेक वितरण कार्यक्रम सम्पन्न भएको छ ।कार्यक्रमको प्रमुख अतिथि वडा नं. ४ का वडाध्यक्ष निसम अहमद खानले यस्तो सहयोगले स्थानीय महिलाहरूलाई आर्थिक रूपमा सबल बनाउन र उद्यमशीलता प्रवर्द्धन गर्न महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले महिलाहरूले प्राप्त रकमको सदुपयोग गरी आफ्नो जीवनस्तर उकास्न तथा समुदायमा अनुकरणीय उदाहरण प्रस्तुत गर्न आग्रह गर्नुभयो ।

कार्यक्रम संयोजक अजय चौधरीले स्थानीय अधिकार कार्यक्रमले सीमान्तकृत समुदायका महिलाहरूको सशक्तीकरण, अधिकार प्रवर्द्धन तथा आर्थिक उत्थानका लागि निरन्तर कार्य गरिरहेको जानकारी दिनुभयो । उहाँले अबका दिनमा पनि यस्ता सहयोगात्मक कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

प्राप्त गरेको रकमलाइ सदुपयोग गरे मात्र गरिबिबाट मुक्त हुन सिकने कार्यक्रमका बक्ताहरू शिवराज नगरपालिका वडा नं. १० को वडा सदस्य गंगाराम कुर्मी, शिवराज नगरपालिका कृषि विकास शाखा चित्रा पोख्रेलले जोड दिनुभएको थियो ।

कार्यक्रममा १६ जना महिलाहरूलाइ कुल रू. ४,५०,००,०००/– (चार लाख पचास हजार रुपैयाँ) बराबरको आर्थिक सहयोग प्रदान गरिएको हो । सिद्धार्थ सामाजिक विकास केन्द्र र एक्सन एड नेपालको संयुक्त साझेदारीमा शिवराज नगरपालिकाको वडा नं. ०४,१० र ११ मा स्थानीय अधिकार कार्यक्रम (Local Rights Programme) संचालनमा रहेको छ । उक्त्त कार्यक्रमबाट विपन्न, गरिब, पछाडि पारिएको समुदायका मिहलाहरूलाइ पर्यावरणीय कृषि तकारी खेती र साना तथा घरेलु व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बन्ने उध्येश्य राखिएको छ ।

परियोजना संयोजक अजय चैधरीका अध्यक्षतामा संचालित कार्यक्रम संचालन सामाजिक परिचालक अमृता थारूले गर्नुभएको थियो ।

 

धेरै पढिएको

ताजा समाचार