कपिलवस्तुको अमृते वनबाट ब्याट्रीबाट चल्ने लोड भरुवा बन्दुक बरामद


कपिलवस्तु,
कपिलवस्तुको बाणगंगा नगरपालिका–९ स्थित अमृते सामुदायिक वनबाट प्रहरीले १ नाल अवैध भरुवा बन्दुक बरामद गरेको छ।

वन क्षेत्रभित्र अवैध भरुवा बन्दुक लुकाई राखिएको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले असोज १४ गते राति करिब ९:०० बजे खोजतलास गर्दा उक्त बन्दुक फेला पारेको हो।

सामुदायिक वनको झाडीभित्र बेवारिसे अवस्थामा राखिएको ब्याट्रीबाट चल्ने र लोड गरिएको अवस्थामा रहेको १ नाल भरुवा बन्दुक रितपूर्वक बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका सूचना अधिकारी तथा प्रहरी नायव उपरीक्षक (डिएसपी) रिपेन्द्र कुमार सिंहका अनुसार बरामद हतियार कसको हो र कुन प्रयोजनका लागि त्यहाँ राखिएको थियो भन्ने विषयमा थप अनुसन्धान भइरहेको छ।

धेरै पढिएको

ताजा समाचार