बालविवाह अन्त्य र उच्च शिक्षाको सुनिश्चितताका लागि सचेतनामूलक र्‍याली सम्पन्न।।


​कपिलवस्तु ।

बालविवाह अन्त्य, कानुनी कागजात प्राप्ति तथा उच्च शिक्षाको सुनिश्चितताको माग गर्दै कपिलवस्तुको शिवराज नगरपालिकामा ‘किशोर किशोरी अधिकार अभियान’ सञ्चालन गरिएको छ।
​शिवराज नगरपालिका वडा नं. १० इस्लामनगरमा आयोजना गरिएको यस सचेतनामूलक र्‍याली तथा अभियानमा स्थानीय किशोर किशोरीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा सहभागीहरूले बालविवाह रोक्न र शिक्षा तथा कानुनी अधिकारको पहुँच ग्यारेन्टी गर्न विभिन्न नारासहितका प्लेकार्ड र ब्यानर प्रदर्शन गरेका थिए।


​उक्त कार्यक्रम युवा कचहरी, शिवराज नगरपालिका (कपिलवस्तु) को आयोजनामा सम्पन्न भएको हो। कार्यक्रमलाई सिद्धार्थ सामाजिक विकास केन्द्र, कपिलवस्तु ले सहकार्य गरेको थियो भने एक्सन एड (ActionAid) ले सहयोग पुर्‍याएको थियो।
​कार्यक्रमका आयोजकहरूका अनुसार किशोर किशोरीहरूलाई उनीहरूको हक अधिकारप्रति सचेत गराउँदै समाजमा विद्यमान बालविवाहजस्ता कुरीति अन्त्य गर्न र सबैका लागि उच्च शिक्षाको अवसर सुनिश्चित गराउन यो अभियान सञ्चालन गरिएको हो।

धेरै पढिएको

ताजा समाचार