बालेनको शैलीमा मिर्जा चुनावि मैदानमा


 

कपिलवस्तु-जनता प्रगतिशील पार्टी नेपाल कपिलवस्तु प्रदेश सभा सदस्य क्षेत्र नं ३(२) का उमेदवार मिर्जा रसिद वेगको चर्चा गल्ली गल्लीमा हुन थालेको छ।आफैमा युवा वेग चुनाव नजिकिएसँगै सबै प्रिय बन्न थालेका छन्।सामान्य जीवन शैलीमा राजनीति सुरुवात गरेका उनी विकासमा नयाँ आयाम ल्याउने गरि अगाडि बढेका छन्।सामान्य तरिकाबाट सम्पूर्ण नागरिकको घरदैलोमा पुगेर आफ्नो एजेन्डा प्रस्तुत गर्दा उनको कार्यशैली प्रति आम नागरिक हर्षित छन्।

तडकभडक र अनावश्यक आश्वासनात्मक भाषण भन्दा फरक तरिकाबाट बालेनको जस्तै शैलीमा चुनावी मैदान उत्रिएका उनी चुनावी नतिजा आफ्नो पोल्टामा पार्नेमा ढुक्क छन्।

वर्षौंदेखि आश्वासनमा गुज्रिएका मतादाता यस पटक मत फेर्न आतुर रहेको वेगले बताएका छन्।उनले आधुनिक र व्यावसायिक शिक्षा गुणस्तरीय स्वास्थ्य सडक तथा पूर्वाधार सिचाइ तटबन्ध र ढल निकास व्यावसायिक कृषि उद्यम र रोजगारी युवा तथा खेलकुद उद्योग र व्यापार भूमि तथा बास व्यवस्था सामाजिक उत्तरदायित्व तथा पर्यटन जस्ताविषयलाई समावेस गरेर तयार पारेको घोषणापत्रले पनि उनको चर्चा देखिएको छ ।युवाहरुका माझमा लोकप्रिय बनेका वेगले आफ्नो क्षेत्र सुहाउँदो घोषणापत्र तयार गरेका छन्।

नयाँ अनुहारलाई जनताले विश्वास गर्लान त ?

https://todaypatra.com/2022/11/10/16127/ 

मिर्जाको घोषणापत्र कृषिलाई प्राथमिकता, पेन्सन र विमा

 

धेरै पढिएको

ताजा समाचार